साप्ताहिक संवाददाता
कार्तिक २९, २०७५
पाठेघरको क्यान्सरलाई मात दिएकी नेपाली मूलकी बलिउड अभिनेत्री मनीषा कोइरालाले आफ्नो आत्मकथा सार्वजनिक गरेकी छिन् ।
उनले आफ्नो संघर्ष एवं निजी कुरा ‘हिल्ड’ शीर्षकको पुस्तकमा बयान गरेकी छिन् । अभिनेत्री कोइरालाले पुस्तकको मुख्यपुष्ठका साथ ट्विट गरेकी छिन्, ‘क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु र आफूलाई फेरि पाउनु एउटा सबक हो ।’
उनले नीलम कुमारसँग मिलेर उक्त पुस्तक तयार पारेकी हुन् । पुस्तकको उपशीर्षक छ, ‘क्यान्सरले मलाई नयाँ जीवन दियो ।’ लामो समयदेखि बलिउडमा काम गरिरहेकी यी नेपाली अभिनेत्रीले सन् १९८९ देखि चलचित्र यात्रा थालेकी थिइन् ।