साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७५
आजको शुक्रबार फुर्सदमा हुनुहुन्छ भने साइलेन्ट डिस्कोमा पुगेर मस्ती लिन सक्नुहुन्छ । यो डिस्को नाइटमा तपाईंले आफ्नो रोजाइका गीतहरू सुन्न सक्नुहुनेछ भने ड्रमको धुनमा नाच्न सक्नुहुनेछ ।
यो डिस्को नाइटमा सरिक हुन आयोजकका केही सर्त छन् । बोक्न मिल्ने म्युजिक डिभाइस, फुल चार्ज मोबाइल तथा इयरफोन । पेय पदार्थका साथै मीठा परिकारहरू अर्डर गर्दै डिस्कोको सांगीतिक धुनमा रमाउन चाहने हो भने साइलेन्ट डिस्कोमा सहभागी हुन सकिन्छ ।
समय : साझ ७ बजे
स्थान : अरुण थापा चोक, झम्सिखेल
आयोजक : बेस क्याम्प : आउटडोर लाइफ स्टायल