साप्ताहिक संवाददाता
आज शुक्रबार अर्थात् ३० गते प्रदर्शनमा आएको चलचित्र हो— अनुग्रह । खासै प्रमोसन नगरिएको यो चलचित्र निर्माण गर्ने टिम नयाँ हो, जसका कलाकारहरू पनि खासै चर्चामा छैनन् । लक्ष्मी बैंक्वेट्स सिने मेकर्स तथा अनुग्रह फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा करिब १ करोड लगानी गरिएको निर्माण पक्षको दाबी छ ।
चलचित्रको कथा अभिनेता सेन्चुरीले नै लेखेका हुन्, जुन सामाजिक विषयवस्तुमा आधारित छ । अनुग्रहले विशेष गरी युवायुवतीको प्रेमको बीचमा आउने विभिन्न आरोह–अवरोहलाई उठान गरेको निर्देशक केसीले बताए । यो चलचित्रका छायाँकार विक्रम डीसी हुन् । चलचित्र निर्माण गर्न झन्डै आठ महिना लागेको निर्माण टिमको भनाइ छ ।
निर्देशक : कुमार केसी
कलाकार : रोहन सेन्चुरी, आरती गुप्ता, दीपशिखा सिलवाल, सञ्जय न्यौपाने, सुवास मेचे, राजन गिरी, कृष्टिना सेन्चुरी आदी ।
संगीत : नवीन सुब्बा