साप्ताहिक संवाददाता
भोलि शनिबार द भिक्ट्री लाउन्जमा भारत, नयाँ दिल्लीकी डिजे आना प्रस्तुत हुँदैछिन् । भारतकै उत्कृष्ट डिजेभित्र पर्ने आना आफ्नो प्रस्तुतिका लागि संसारका थुप्रै देश पुगिसकेकी छिन् ।
डिजे तथा प्रोड्युसरको पहिचान बनाएकी आना पहिलो पटक सांगीतिक कार्यक्रमका लागि काठमाडौं आउन लागेकी हुन् । आनासँगै डिजे रबिन, डिजे नानी तथा डिजे सिजनले समेत स्टेज तताउनेछन् । यो पार्टी स्काई रोलिङ इभेन्ट्स नेपालको आयोजनामा हुन लागेको हो ।
समय : ७ बजे
स्थान : द भिक्ट्री लाउन्ज, दरबारमार्ग
भोलि मन्त्र ब्यान्ड घन्कँदै
भोलि मंसिर १ गते शनिबार पोखरा महानगरपालिकाको भण्डारढिक, लेखनाथमा दार्जीलिङको ब्यान्ड मन्त्र घन्कँदैछ जहाँ नेपाली रक गीतका पारखीहरूमाझ बेग्लै पहिचान बनाउन सफल मन्त्र ब्यान्डले
आफ्ना लोकलयमा आधारित नेपाली रक–पप गीत सुनाउँदै वातावरण तताउनेछ । साँझ हुने कन्सर्टमा मन्त्रसँगै स्थानीय ब्यान्डले समेत प्रस्तुति दिनेछन् । शनिबार दिउँसो हुने कार्यक्रममा भने प्रकाश सपूत, भूमिका गिरी, चोलेन्द्र पौडेल, हास्यकलाकार युवराज भण्डारी तथा राजेन्द्र नेपाली प्रस्तुत हुनेछन् ।
आदर्श युवा क्लबले पहिलो पटक आयोजना गरेको आदर्श महोत्सवका हरेक दिन सांगीतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । आज शुक्रबार सुरु हुने महोत्सव मंसिर ९ गतेसम्म चल्नेछ । आज पहिलो दिन प्रजापति पराजुलीको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ भने साँझ हुने कन्सर्टलाई योगेश काजी तथा डिमर्ज ब्यान्डले तताउनेछन् । महोत्सवको अन्य आकर्षण विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा आदर्श आइडल छन् ।
स्थान : भण्डारढिक खेल मैदान, लेखनाथ
समय : बिहान ११ बजेदेखि राति ९ बजेसम्म
टिकट दर : लोकदोहोरीका लागि ५० रुपैयाँ, पप कन्सर्टका लागि १ सय रुपैयाँ