साप्ताहिक संवाददाता
जुवाघर कसरी मौलाउँदै गएको छ भन्ने कुरा यो आलेखले बुझ्न सघायो (फ्रन्टपेज : घुम्ती जुवाघर करोडौंको खाल) । नेपालमा जुवाको ट्रेन्ड र जुवाडेहरूको गतिविधिका सम्बन्धमा धेरै कुरा थाहा भयो । जुवाघरको सञ्चालनमा कमी ल्याउन प्रहरी–प्रशासन त्यति सक्रिय नभएजस्तो लाग्यो ।
वसन्त श्रेष्ठ
नेपाली रंगमञ्चको सक्रियता बढ्नुमा राजन खतिवडाजस्ता युवाहरूको ठूलो हात छ (यात्रा सन्दर्भ : राजनका उन्मुक्त अनुभव) । अप्ठ्यारो अवस्थामा विभिन्न चुनौती झेलेर थिएटर स्थापना गर्नु, कलाकारहरूलाई एक ठाउँमा भेला गरेर नाटक प्रदर्शन गर्नु, आर्थिक अवस्था कमजोर हँुदाहँुदै रंगमञ्चको विकासमा सक्रिय हुनु प्रशंसनीय काम हो ।
सुरेश थापा
गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम दर्ता गराउन सफल हुनुभएकोमा नारायण भट्टराईलाई बधाई (नेपालीको नाममा एउटा अर्को विश्व कीर्तिमान) । भट्टाराई मेहनत गर्ने हो भने जस्तोसुकै काम गर्न सकिने रहेछ भन्ने कुराको बलियो उदाहरण भएका छन् । अरू पनि विश्व कीर्तिमान राख्दै जानुहोला ।
अशोक कुमार
विश्वभरका क्यासिनो तथा ग्याम्बलिङको अत्यन्तै रोचक तथ्यहरू पढ्न पाइयो (क्यासिनो र ग्याम्बलिङका रमाइला तथ्य) । यो सामग्रीमार्फत विश्वका सम्पन्न र विकसित मानिने देशहरूमा क्यासिनोसम्बन्धी नियम एवं प्रबन्धहरूका बारेमा जानकारी मिल्यो ।
शंकर अधिकारी
तस्बिरमा देखिएझैं कलाकारका दिदीभाइको सम्बन्ध यसरी नै प्रगाढ भैरहोस् (सम्झनामा कलाकारको भाइटीका) । प्रेम एवं भ्रातृत्वको भावना अटुट रहोस् ।
रमेश मैनाली
मनभित्र नैराश्यता छ भने बाहिरको झिलिमिलीले खासै फरक पार्दैन (युवा मन : तिहार र खुसी) । सुबिनजीको लेखले वास्तविक कुरा देखाएको छ । मनभित्र उत्साहको दियो बल्ने हो भने मात्र तिहार र अन्य चाडबाडको रमाइलो महसुस गर्न सकिन्छ ।
प्रदीप योगी
देशमा व्याप्त बेरोजगारी, युवा पलायन, महँगी, भ्रष्टाचारजस्ता बेथितिहरूलाई मनोज गजुरेलले तीखो व्यंग्य प्रहार गरेका छन् (मंगल होस् : समसामयिक देउसी) । पटक–पटक सत्तामा आसिन व्यक्तिहरूले यो कुरा थोरै मात्र मनन गर्ने हो भने केही सुधारको अपेक्षा गर्न सकिन्थ्यो कि ? समृद्धि र विकासको नारा लगाएर, सपना बाँडेर कहिलेसम्म भ्रम छर्ने ?
जितेन्द्र पण्डित
सिमानी चौधरी र तेजेन्द्रकुमार विश्वासलाई हार्दिक बधाई (मिस एन्ड मिस्टर थारु) । देशव्यापी रूपमा आयोजना हुने प्रतिस्पर्धाहरूमा तपाईंहरूको सहभागिता नछुटोस् । थारु समुदायका प्रतिभाहरू यसरी नै अगाडी आउनु जरुरी छ ।
सञ्जय कडरिया
अरूलाई दान गर्ने तथा समाजसेवामा समर्पित मानिसलाई कहिल्यै घाटा हुँदैन (जसमाथि लक्ष्मीको आशीर्वाद लाग्यो) । आफूले कमाएको रकम समाजसेवा, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा खर्चिने बिल गेट्सको काम प्रशंसनीय छ । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको एउटा बेग्लै प्रतिष्ठा छ । पैसा आर्जन गरेर मात्र हँुदैन, त्यसको केही अंश समाजसेवामा लगाउँदा मान–प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने बलियो उदाहरण हो यो फाउन्डेसन ।
निला बराल
मेगा मिलियन ज्याकपटको कथा रमाइलो लाग्यो (रारारात अर्बपति हुनेहरू) । छोटो समयमा अर्बपति हुने भाग्यमानीहरूको कथा पनि कम रोचक छैन ।
पूर्ण लिम्बू
जसरी मानिसहरू रातारात धनी हुन्छन्, त्यसरी नै सडकमा आउन पनि बेर नलाग्दो रहेछ (धन गुमाउनेहरू) । व्यापारमा जसरी उदाए, त्यसरी नै हराउनेहरूको कथा मार्मिक लाग्यो । यसबाट के बुझ्न सकिन्छ भने धन–सम्पत्तिको रवाफ देखाउनु त्यति उचित हुँदैन । आज धन, दौलतको मालिक कुनै बेला सडकमा पनि पुग्न सक्छ ।
दिलीप पोखरेल
यो सामग्री पढेर मिठाईका फाइदाका सम्बन्धमा जानकारी मिल्यो (मिठाई खानुपर्ने पाँच कारण) । मात्रा मिलाएर खान जान्यो भने त मिठाईले पनि फाइदा नै गर्ने रहेछ ।
सर्वेन्द्र वली
चाडबाडमा कस्ता पहिरन लगाउने भन्ने कुरा छर्लङ्ग भयो (फेस्टिभ फेसन) । विश्वमा चलेको फेसन ट्ेरन्डका बारेमा समेत जानकारी पाइयो ।
होम बीसी