साप्ताहिक संवाददाता
दु:खले मानिसलाई म भन्ने बनाउन सक्छ भने मानिसले सुखलाई हामी भन्ने बनाउन सक्नुपर्छ ।
सानी
अरू केही होइन, अगाडि ठिक्क पछाडि दिक्क व्यवहार गर्नेहरूलाई जिन्दगीबाट हटाउन आवश्यक नै छ ।
मोनालिसा
जिन्दगीको गोरेटो फेर्न मन छ, जहाँ स्वार्थीहरू कोही नभेटिऊन् ।
पुरु चापागाईं
जीवनका तीन मन्त्र खुसी हुँदा–बचन दिनुहोस्, क्रोधित भएको बेला–उत्तर नदिनुहोस्, दु:खी हुँदा–निर्णय नलिनुहोस् ।
अम्बिका भारती
आउने–जानेहरूको कुनै कमी छैन, कमी छ त बस् याद गर्नेहरूको ।
दीपक यात्री
सबै केटाहरूको एउटै चाहना हुन्छ, आफू जतिसुकै चोर, फटाहा भए पनि बूढी, गर्लफ्रेन्ड चैं सोझीसाझी नै चाहिन्छ ।
कविता लुईंटेल
बिहीबार–नेपाल आइडल, शुक्रबार–नेपाल आइडल, शनिबार–भ्वाइस अफ नेपाल, आइतबार–भ्वाइस अफ नेपाल, सोमबार–हिमालय रोडिज, मंगलबार र बुधवार किताबको दर्शन गर्नु कि तरुनी जिस्काउँदै आँखा तर्नु ? कठै मेरो जिन्दगी के पार लाग्ला र ?
श्रीतुर्की राम
साँझ परेसी केटाहरूलाई फोन नगर्नू, किनभने उनीहरू बोल्न भ्याउँदैनन् रे ।
निहारिका
कसैले कुरा काट्यो भनेर पीर नगर्नुस्, कुकुरले मान्छे नचिनेपछि नै भुक्छ ।
दिव्या
तपाईंको सफलताले दुनियाँमा तपाईंको परिचय गराउँछ भने तपाईंको असफलताले दुनियाँको परिचय तपाईंसँग गराउँछ । यकिन मान्नुहोस् कि जीवनमा यी दुवै कुराको महत्व बराबर नै हुन्छ ।
मुकुन रेग्मी
बहुत अल्छी लाग्यो ट्विटरमा, जानुपर्यो केटा जिस्काउन चोकतिर ।
प्रेमा कार्की
हतारमा छु भन्दैमा कुकरमा चामल बसालेर मुखले सिटी बजाउन त भएन नि हजुर ।
गायब विनोद
हाम्रो जन्म चिठ्ठा हो । पासवान वा प्याकुरेल, काठ वा कर्णाली, निर्मला वा रामबहादुर थापा, साइकलवाला वा सुरेश आचार्य, जे जसरी जहाँ जहिले पनि जन्मन सक्थ्यौं । जन्म हाम्रो वशमा छैन, तर हाम्रो कर्म हाम्रो वशमा छ । हाम्रा कर्म कमजोरीलाई बलियो बनाउनेतिर छन् कि बलियाकै चाकरी गर्न ?
विमल आचार्य
त्यो अमेरिकाने बेहोस भएछ, जसले नेपाल आएर थाहा पायो कि खुर्सानी हातमा दिँदा झगडा बढ्छ ।
सन्तोष घिमिरे
बस र माइक्रोको सिटको साइडमा केटी पर्नी त फिलिममा मात्र रछ ।
हिमाल
गितार बोक्दैमा कोही गायक हुँदैन, डाइलग बोल्दैमा कोही नायक हुँदैन, मन पराउने हजार भेटिन्छन् तर आई लभ यू भन्दैमा कोही कसैको लायक हुँदैन ।
शान्ति घिमिरे
अरू देशमा कण्डम कसरी नफुटाउने, फुट्यो भने के गर्ने सिकाउँछन्, हाम्रो चाहिँ कण्डम फुटाउने प्रतियोगिता रे । कति अब त्यही फुटेर जन्मिने हुन् ।
रवीन्द्र मल्ल ठकुरी
सधैंभरि खुट्टाले मात्र हिँडाउने रहेनछ, कहिलेकाहीँ त बाटोले पनि हिँडाउने रहेछ मान्छेलाई ।
चितवने
रियलमै भन्ने हो भने केटाले राम्री केटी रोज्छन्, केटीले धनी केटा खोज्छन्–ध्रुव सत्य कुरा ।
रानी
महिलाहरूले रक्सी पसल बन्द गरे भने हामी पनि ब्युटिपार्लर बन्द गर्छौं, उनीहरूको असली अनुहार देखिओस्–एक जँड्याहाको भनाइ ।
मनोज मनु
प्रोफेसर बन्न सरल छ, इन्जिनियर बन्न सरल छ, डाक्टर बन्न सरल छ, तर के बन्न कठिन छ ? सरल र शालीन बन्न धेरै कठिन छ ।
राजु
मन यस्तो धागो हो, जहाँ सपनाकै माला ज्यादा उनिन्छ ।
बाबुराम श्रेष्ठ
तपाईं समयसँग चल्नुहोस्, यदि समयले तपाईंलाई चलाउन थाल्यो भने तपाईंको मुठ्ठीमा समय होइन, घडी मात्र हुनेछ ।
राजेन्द्र बस्नेत
मानिसको सबैभन्दा सुन्दर वस्तु नै मन हो । यदि मन नै सफा छैन भने सुन्दर मुहारको कुनै अर्थ हुँदैन ।
प्रवीणा देवकोटा