साप्ताहिक संवाददाता
आज मंसिर १ गते शनिबार काठमाडौंमा टुबोर्ग ओपन फेस्ट–२०१८ आयोजना हुँदैछ । नेपाली कलाकारहरू लाउरे तथा विपुल क्षेत्री अन्तर्राष्ट्रि्रय कलाकारहरू डिजे डिप्लो तथा मोसँग सहकार्य गर्दै कोल्याबोरेटिभ टुबोर्ग ओपन फेस्ट–२०१८ शीर्षकको कन्सर्टमा प्रस्तुत हुँदैछन् । उक्त कन्सर्टमा नितेशजङ कुँवर, रोहित शाक्य तथा त्रिशला गुरुङको पनि प्रस्तुति रहनेछ । उक्त कोल्याबोरेसनले संगीतको कुनै सिमाना हुँदैन र संगीतले सिमानाहरू नाघी नयाँ सिर्जनात्मक विचार ल्याउने प्रमाणित गर्छ भन्ने सन्देश दिनेछ । यो परियोजना गत मार्चमा प्रारम्भ भएको थियो ।
त्यसपछि विपुल र लाउरे कोपेनहागेन पुगेर डेनिस कलाकार मोसँग भेटेपछि उक्त गीतको नेपाली संस्करण तयार गरेका थिए । स्टे ओपन गीतको विश्वव्यापी ट्रयाक सन् २०१८ को मे ११ का दिन प्रदर्शनी भएको थियो भने नेपाली संस्करणको लिरिकल भिडियो जून महिनामा सार्वजनिक भएको थियो । डिप्लो र मोको साथमा लाउरे र विपुल सहभागी म्युजिक भिडियो भने गत सेप्टेम्बरमा सार्वजनिक भएको थियो ।
मुख्य आकर्षण : डिजे डिप्लो, लो, विपुल, लाउरे, रोहित, त्रिशाला, नितेश ।
स्थान : होटल अन्नपूर्ण, दरबारमार्ग । मिति : मंसिर १ गते शनिबार ।
समय : राति १० बजेपछि । शुल्क : दुई हजार रुपैंयाँ ।
लाइभ २ ओदान
आज शनिबार कलाकार प्रज्ज्वल लामाले चक्रपथस्थित ओदान रेस्टुराँ एन्ड लाउन्ज, बाँसबारी रोडमा प्रस्तुति दिँदैछन् । उनलाई संगीतकार राजेश नेपालीले स्वरमा साथ दिनेछन् । युवा संगीतकार, युट्युबर तथा गायकको संयुक्त सांगीतिक माहोलमा झुम्न चाहने हो भने ओदानमा हुन लागेको यो लाइभ कार्यक्रममा सहभागी बन्न सकिन्छ ।
समय : साढे ७ बजे
स्थान : ओदान रेस्टुराँ एन्ड लाउन्ज, बाँसबारी रोड