साप्ताहिक संवाददाता
मंसिर १, २०७५
बलिउडकी एक समय प्रख्यात अभिनेत्री आशा पारेख भ्रमणमा आएकी छिन् । ४ दिने नेपाल भ्रमणमा आएकी पारेख बिहिबार नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाला निवास पुगिन । कोइराला निवासमा केहि घण्टा बिताएकी उनले कोईराला परिवारका निकटका नातेदार र केहि साथिहरुसँग भेटघाट गरिन् ।
पारेख ६० को दशककी चर्चित अभिनेत्री हुन् । उनले ‘तिसरी मन्जिल’, ‘कटी पतंग’, ‘दो बदन’, ‘आन मिलो सजना’, ‘दिल देके देखो’ लगायतका ९० बढी चलचित्रमा अभिनय गरेकी छिन् । १० वर्षको उमेरमा अभिनय सुरु गरेकी पारेखलाई १९९२ मा भारत सरकार ले ‘पद्म श्री’ पुरुस्कारबाट सम्मानित गरेको थियो ।