साप्ताहिक संवाददाता
मंसिर २, २०७५
अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगीता ‘मिष्टर कन्टिनेन्टल इन्टरनेसनल २०१८’ मा नेपालका तर्फबाट सहभागीता जनाएका आशिक ताम्राकार वेष्ट इन ट्राडिसनल ड्रेस अवार्ड उचाल्न सफल भएका छन् ।
प्रतियोगीताको ग्राण्ड फिनाले गत नोभेम्बर १५ मा फिलिपिन्सको सान जुआन शहरस्थित थिएट्रिनो प्रोमिनेड ग्रीन हील्समा संचालन भएको थियो । उक्त प्रतियोगीतामा नेपालका आशिक लगायत अन्य २७ मुलुकका युवाहरुको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा ग्वामका जारेड मटानेन् मिष्टर कन्टिनेन्टल इन्टरनेसनल २०१८ का रुपमा छनौट भएका थिए । प्रतियोगीताका लागि नेपालको तर्फबाट पहिलो सहभागी बनेका आशिक नारायणगढ निवासी हुन् ।
फेसन कोरियोग्राफरका रुपमा पनि सक्रिय रहेका आशिक यस अघि मिष्टर चितवन २०१७ का विजेता बनेका थिए भने मिष्टर नेपाल २०१७ का उनी रनर अप पनि हुन् ।