साप्ताहिक संवाददाता
आफ्नो पहिलो बूढी भनेकै मोबाइल हो । कल्पना, सपना यही एउटा मोबाइल न हो ।
मिलन बोहरा
किन नसकिनु ? मोबाइल आउनुभन्दा पहिलेको जस्तै हुन्थ्यो ।
कैलाश भट्टराई
मोबाइल जिन्दगी नै त होइन नि । यो बिनाको जीवन कल्पना गर्न नसकिने त होइन तर जिन्दगी सार्थक भने अवश्य बनाएको छ यसले ।
आशा उप्रेती
कल्पना त गर्न सकिन्छ । मोबाइल छोड्न पो सकिन्न त ।
जिबन
बरु गर्लफ्रेन्ड वा बूढीबिना बस्न सकिएला तर मोबाइलबिना बस्न सकिँदैन ।
दीपक कडायत
सकिन्छ नि, हिजोअस्तिसम्म हामीसँग मोबाइल थियो र ?
कमल
सकिन्छ, तर समयसँगै अघि बढ्न नसकिएला ।
डीपी तिम्सिना
१५ वर्षअघि तपाईंले कुन मोबाइल चलाउनुभा’को थ्यो र ?
सरोज कटवाल
सकिँदैन ।
शीतल
मोबाइलबिनाको जीवन कल्पना गर्न सकिन्छ ।
सरोज ठकुरी
२०७२ को भूकम्पमा मोबाइलको नेटवर्क जाँदा अनि घरमा फोन नलाग्दाचाहिँ मरिन्छ कि जस्तै भएको थियो ।
सन्दीप
अबचाहिँ मोबाइलबिनाको मान्छे शरीरको एउटा अंग नभएको मान्छेजस्तै हुन्छ ।
लोकराज भट्ट
किन नसकिनु ? मोबाइल अक्सिजन हो र जीवन नै सकिन ?
सुरेश ठगुन्ना
सकिन्छ किन नसकिनु ? जन्मजातै मोबाइल चलाउँदै को निस्किएको छ र ?
ठुटे साहित्यकार कुमारजी
कल्पना मात्र गर्न त सकिहालिन्छ नि, तर मोबाइल नबोकी बस्न पो सकिन्न त ।
बस्नेत काजी
सकिन्छ नि, किन नसकिनु ? उदाहरणका लागि केही वर्षअघिको समय हेरे पुग्छ ।
मनिष तिमिल्सना
सकिन्छ तर ल्यापटप र नेट भयो भने ।
सुजन
ल्यान्डलाइन खोज्न कहाँ जाऊँ अब ?
जय शम्भु
प्रेमिका र श्रीमती गुमाउन सकिन्छ मोबाइलका लागि । जिन्दगी यस्तो भैसक्यो जीवन सङ्गिनीले भन्दा बढी साथ दिन्छ मोबाइलले ।
डा. लुतेप्रसाद
कल्पना होइन हजुर, बरु कल्पनाकी बैनीलाई चाहिँ ट्राइ गरिन्छ ।
राम्रो मुन्छे
यो जमानामा त मिल्दैन, तर वास्तवमै भन्नुपर्दा यो मोबाइल भन्ने चिजको आविष्कार नै नभैदिएको भए निकै जाती हुने थियो ।
दीपक तामाङ
त्यो पहिलेको जमाना भएको भए सकिन्थ्यो, तर अब सकिँदैन । मोबाइल बिनाको जिन्दगी कल्पना पनि गर्न सकिँदैन अहिले त ।
सुरज राना
दिउँसै चन्द्रमा पुगेको कल्पना गर्ने मान्छेका लागि, नाथे मोबाइलबिनाको जीवन कल्पना गर्न कुन ठुलो कुरा हो र ?
सुयोग जी
सकिँदैन ।
नारायण अधिकारी
इन्टरनेट झ्याप्पै बन्द भयो भने नेपालका धेरै मानिस पागल हुन्छन् ।
मुन लाइट ठकुरी मल्ल
कल्पना गर्न त सकिन्छ तर त्यस्तो जीवन जिउन चैं सकिँदैन ।
विश्व गौतम
मज्जाले सकिन्छ । पहिले नहुँदा नि भ’कै थियो त ।
विक्रम रावत
सजिलै सकिन्थ्यो नि ।
मदन गुरुङ
बूढी नभए नि ठिकै होला तर मोबाइलबिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ ।
पाख्रिन केटो म
कठिन छ ।
लेखनाथ सापकोटा
सकिन्छ किन नसकिनु ?
भूपेन्द्र बरुवाल