साप्ताहिक संवाददाता
बुटवलको होटल दियालो । अभिनेत्री स्वस्तिमा खड्का सुटिङमा जानुअघि एक मिडियाकर्मीसँग गफिदै थिइन्, ‘चलचित्रमा प्रवेश गर्दैछु, तपाईंहरूको साथ र सहयोग भयो भने पक्कै पनि अगाडि पुग्नेछु । मिडियाको सहयोग भएन भने त केही पनि सम्भव हुँदैन नि हैन र ?’ चलचित्र होस्टेल रिर्टन्सको छायांकनमा जानुअघि उनले भनेका यी कुरा अहिले यी अभिनेत्रीको दिमागमा आउँछ/आउँदैन त्यो उनैलाई थाहा होला, तर स्वस्तिमाको एटिच्युड आजभोलि असाध्यै बढेको छ ।
भनिन्छ, स्वस्तिमा खड्काको खुट्टा भुइँमा छैन । कतिपय मिडियाकर्मी भन्छन्, ‘चलचित्र प्रदर्शनका बेलामा मिडियामा धाउने स्वस्तिमाले अरू बेला देखाउने व्यवहारले उनैलाई अधोगतिमा लाने पक्का छ ।’ केही वर्षअघि चर्चित अभिनेता आमिर खानले भनेका थिए, मलाई स्टारडम भन्ने कुराको घमन्ड कहिल्यै भएन, यो भोलि नहुन पनि सक्छ तर म काममा सधै प्रतिबद्ध रहन्छु, कामलाई नै पूजा मान्छु ।’
आमिरले थपेका छन्– म काम त गर्न सक्छु तर मिडिया थिएन भने आमिर खान यो स्थानमा आउने थिएन ।’ अब स्वस्तिमाले यो कुरालाई मनन गर्छिन् की गर्दिनन् त्यो उनैले जानून् ।