साप्ताहिक संवाददाता
नेपालमा प्रत्येक वर्ष ५ करोड थान कन्डम खपत हुने गरेको छ । त्यो नेपालको आवश्यकताको ५० प्रतिशत मात्र भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा हरेक वर्ष सरकारले २ करोड ५० लाख कन्डम नि:शुल्क वितरण गर्छ भने निजी क्षेत्रले पनि सोही अनुपातमा बिक्री गर्ने बताइन्छ ।
नेपाल सरकारको एक अध्ययनअनुसार कात्तिक र मंसिर महिनामा नेपालमा कन्डमको खपत बढी हुने गरेको छ । अन्य महिनामा सरदर २५ लाख कन्डम खपत हुन्छ भने ती दुई महिनामा झन्डै ३२ लाख कन्डम खपत हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । ती दुई महिना रोजगारीका लागि स्वदेशभित्रै अन्य सहरमा वा विदेश गएकाहरू घर फर्कने हुँदा कन्डमको माग बढ्ने
गरेको जानकारहरू बताउँछन् ।
नेपालमा ४० प्रतिशत युवा विवाह अघि नै यौनसम्पर्कमा संलग्न हुन्छन् । तीमध्ये ४० प्रतिशतले मात्र कन्डम प्रयोग गर्ने नेपाल परिवार नियोजन संघको एक अध्ययनले देखाएको छ ।
नेपालमा नि:शुल्कदेखि ८ सय रुपैयाँसम्मका कन्डम पाइन्छन् । सिलिकनले बनेका अन्तर्राष्ट्रिय ब्रान्डका ८ सय रुपैयाँसम्मका कन्डम नेपाली बजारमा उपलब्ध छन् ।
विश्वका १० उत्कृष्ट
प्रत्येक वर्ष विश्वमा चलेका कन्डमसम्बन्धी जानकारी दिने दिज नाइन डटकमले २०१७ का लागि गरेको रिभ्युमा परेका उत्कृष्ट १० कन्डम :
ट्रोजन अल्ट्रा रिविड म्यालु प्याक कन्डम
ट्रोजन सेन्सेटिभ जिरीसी लुब्रिकेटेड कन्डम
लाइफस्टाइल्स स्केनी ओर्जिनल कन्डम
ओकामोटो क्राउन कन्डम
ट्रोजन न्यू मिक्स प्रिमियम लुब्रिकेटेड कन्डम
ट्रोजन मेग्नयिमथिन कन्डम
स्किनी सेलेक्सन कन्डम
ड्युरेक्स एक्ट्रा सेन्सेटिभ कन्डम
लिलो हेक्स रि इन्जिनियरिङ लक्जरी कन्डम
ट्रोजन मेग्नियम लुब्रिकेटेड कन्डम