साप्ताहिक संवाददाता
महेश्वर तामाङ : भारतले अचार फ्लेभरको कन्डम ल्याएपछि सोसल मिडियामा हंगामा नै मच्चियो र
भनियो— अब नास्ता र सेक्स दुवै एकैचोटि ।
समत श्रेष्ठ : साथीहरू कन्डम वा अरू अस्थायी साधनबिना यौनसम्पर्क गरिसकेपछि आइ पिल, इकोन एम एह सेभेन्टी टु वा अन्य नाम गरेका आकस्मिक गर्भ निरोधक औषधी नियमित जसो खाँदै हुनुहुन्छ भने सम्झनुहोस् तपाईंले काललाई निम्तो दिँदै हुनुहुन्छ ।
नोभेम्भर रेन : जनसंख्या नियन्त्रणका लागि कन्डम साथमा बोकेर हिँड्ने पो मर्द, बाँकी अरू नामर्द ।
शिखा अधिकारी : मेडिकलमा केटी बस्या छिन् भने कन्डम किन्न लाज मान्ने केटाहरूले सामाजिक सन्जालतिर चै छाउपडीका बारेमा ज्ञान दिन्छन् ।
हरिहर सिंह राठौर : ‘भूकम्प आउदाँ नबोलाए पनि दोब्बर भाडा दिएर हेलिकप्टर नै चार्टर गरी राहतमा कन्डमसमेत बाँड्न आउने संस्थाहरू बाढीग्रस्त जिल्लामा जान्छन् कि जाँदैनन्, हेर्न बाँकी नै छ ।
‘र आज पनि ऊ । खल्तीमा एक प्याकेट कन्डम बोकेर
प्रेमको खोजीमा निस्कियो... ’ रोशन ढकाल युथ जक्सन नेपालमा लेख्छन् ।
गोविन्द श्रेष्ठ अनसनरत गोविन्द केसीप्रति सरकारले गरेको बेवास्ताप्रति कटाक्ष गर्दै लेख्छन् । हुन त उपचार गर्नदेखि लिएर कन्डम प्रयोग गर्नसम्म अर्काको मुलुक पस्ने नेपालले कहाँ आफ्नो देश रोएको अनि डाक्टर सडेको देख्थ्यो र ?
एकल यात्रा : निराशाको हद, जब कुनै मान्छे कन्डम किनेर मेडिकल स्टोरबाट निस्कँदै हुन्छ तब बूढीको म्यासेज आउँछ.... मेरो महिनावारी सुरु भयो प्याड किनेर ल्याइदिनुहोस् है ।