साप्ताहिक संवाददाता
कन्डमको साइज
विश्वभरनै उत्कृष्ट कन्डम छान्दा तीन कुरालाई प्राथमिकता दिइन्छ । त्यसमा कन्डमको साइज पहिलो नम्बरमा आउँछ । कन्डम किन्दा त्यसको खोलमा साइज पनि उल्लेख गरिएको हुन्छ तर धेरैले त्यसमा ध्यान दिँदैनन् ।
निर्माण सामग्री
कन्डम किन्नुअघि त्यसमा के–कस्तो सामग्री प्रयोग भएको छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । प्रत्येक कन्डमको खोलमा प्रयोग भएका मेटरियलका सम्बन्धमा जानकारी गराइएको हुन्छ । कन्डम किन्नुअघि उक्त जानकारी पढ्नुपर्छ तर हामीमध्ये धेरैलाई त्यो हेर्ने फुर्सद हुँदैन ।
लुब्रिकेन्ट र वासना
कन्डमको सबैभन्दा महत्वपूर्ण कुरा नै त्यसको लचकता हो । यौन प्रक्रियामा जति लचकदार तथा मुलायम कन्डम प्रयोग गरियो यौनसम्बन्ध त्यत्तिकै आनन्द दायक हुने जानकारहरूको दाबी छ । यौनलाई सुमधुर बनाउन कन्डममा प्रयोग भएको वासनाले पनि महत्वपूर्ण भूमिका खेल्छ ।