साप्ताहिक संवाददाता
मंसिर ६, २०७५
गायिका काब्य आर्चायको नयाँ गीत सार्वजनिक भएको छ । आधुनिक गीतमा झुकाव राख्ने तथा शास्त्रीय संगीतकी विद्यार्थी आर्चायका यसै पछिल्ला २ सातामा २ लोक गीत सार्वजनिक भइएका छन् ।
अधिल्लो साता मात्रै ‘माया’बोलको गीत सार्वजनिक गरेकी काब्यले यो साता ‘बर्खे भेल झैँ’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
रमेश श्रेष्ठको लय तथा शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो पनि श्रेष्ठले नै निर्देशन गरेकाछन् । म्यूजिक भिडियोमा सञ्चारकर्मी कमला अधिकारी, सुनिता श्रेष्ठ तथा शिवराम भण्डारीले अभिनय गरेका छन् ।
बर्खे भेलको म्यूजिक भिडियो :