साप्ताहिक संवाददाता
मंसिर ६, २०७५
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ चैत्र २९ गतेबाट रिलिज हुने भएको छ । केशव भट्टराई निर्माता रहेको उक्त चलचित्रको पोस्टर सार्वजनिक गर्दै रिलिज डेट सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका अभिनेता सलिनमान बनियाँको क्यारेक्टर प्रस्ट्याउन खोजिएको छ । चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।
सम्राट शाक्यको कथा तथा निर्देशन रहको चलचित्रमा केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा लगानी गरेका छन् ।