साप्ताहिक संवाददाता
मंसिर ६, २०७५
फेड एक्स कप विजेता जस्टिन रोजकी पत्नी केटको एक भिडियोले एक दिनका लागि मात्र भए पनि नयाँ कीर्तिमान बनाएको छ । केटका श्रीमान्ले १ करोड डलर पुरस्कार पाएपछि खुसी व्यक्त गरिएको भिडियो यति चर्चित भयो कि सोसल साइट र गुगल सर्चमा सर्वाधिक सर्च गरिएको सेलिब्रेटीको सूचीमा एक दिन मात्र भए पनि रहन सफल भयो ।
जस्टिन रोजले प्रसिद्ध गल्फर टाइगर उड्सलाई हराएर उक्त उपाधि जितेका थिए । यसभन्दा पहिले सर्बाधिक चर्चित गर्लफ्रेन्ड्सको सूचीमा एन्जेला गार्सिया पहिलो नम्बरमा थिइन् । एन्जेलाका १ करोड ७७ लाख फलोअर थिए । जबकी केटले त्यसकै आधारमा ६ करोड २५ लाख फलोअर पाइन् ।
यद्यपि सोसल साइटमा केटका २ हजार ५ सय फलोअर मात्र छन्, तर गुगलमा उनको नाममा ६ करोड २० लाख पटक सर्च गरियो र उनी रातारात स्टार भइन् ।