साप्ताहिक संवाददाता
सबैलाई बाटो पहिल्याउन सजिलो बनाउँदै आएको गुगल म्याप एपले एक जोडीको दाम्पत्य जीवन भने टुङ्ग्याइदिएको छ । पेरुभियनको राजधानी लिमाको नक्सांकन गर्ने क्रममा गुगल म्यापको क्यामेराले खिचेको तस्बिरमा एक पुरुष सडक पेटीको बेन्चमा महिलाको काखमा सुतेको र महिलाले उनको केश सुमसुम्याएको दृश्य कैद भएको थियो ।
सन् २०१३ मा खिचिएको उक्त म्याप हेर्दै जाँदा बेन्चमा केटालाई आफ्नो तिघ्रामा सुताएर केश सुमसुम्याउने महिला आफ्नै श्रीमती भएको थाहा पाएपछि उनका श्रीमान्ले पारपाचुकेको प्रस्ताव राखेका थिए । तस्बिरमा देखिएजस्तै कपडा लगाउने भएका कारण ती श्रीमान्ले ती महिला आफ्नै श्रीमती हुन् भनेर ठम्याएको अदालतलाई बताए ।
उनको कुरा सत्य होइन भन्न सकिने स्थिति भए पनि ती महिलाले आफू अरुसँग प्रेममा रहेको बताउँदै श्रीमान्सँग पारपाचुके गर्न सहमति जनाएकी थिइन् । हालै कानुनी रूपमा पारपाचुके भएको यो जोडीको नाम भने सार्वजनिक गरिएको छैन ।