साप्ताहिक संवाददाता
मंसिर ७, २०७५
अनामनगरस्थित मण्डला थिएटरमा आजदेखि अँधेरी नगरी चौपट राजा नाटक मञ्चन हुने भएको छ । भारतीय लेखक भारतेन्दु हरिशचन्द्रको लेखन तथा संगीत सापकोटा र आशिष घिमिरेको निर्देशनको यो नाटक मंसिर २२ गतेसम्म चल्नेछ ।
यो नाटकमा बारत लिम्बू, सागर दाहाल, दीपेन्द्र शाही, आर्जे रेग्मी, पुष्कर कार्की, जीवन भट्टराई आदि कलाकारले अभिनय गर्नेछन् । अँधेरी नगरी चौपट राजा हरेकदिन ५ बजे मञ्चन हुने बताइएको छ ।