साप्ताहिक संवाददाता
नेपाली सर्जक पूर्ण परियारको लघु चलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’ले भारतीय अवार्ड प्राप्त गरेको छ । परियारको सामाजिक लघु चलचित्रले हालै मुम्बईमा सम्पन्न दोस्रो सिने प्रिमियर अवार्ड उचालेको हो । लघु चलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’ले ‘बेष्ट इन्टरनेशलन सर्ट फिल्म गोल्ड अवार्ड’, ‘बेष्ट इन्टरनेशलन सर्ट फिल्म अन सोसल इसु गोल्ड अवार्ड’ र ‘बेष्ट सिनेम्याटोग्राफी अवार्ड’ सहित गरि ३ विधामा अवार्ड प्राप्त गरेको हो ।
हाल अष्ट्रेलियामा रहेर गीत तथा लघुचलचित्रमा ब्यस्त रहेका परियार भारतीय दोस्रो सिने प्रिमियर अवार्डमा उक्त लघु चलचित्र नोमिनेशनमा परेपछि मुम्बइ पुगेका थिए । अवार्ड प्राप्त गरेपछि खुसी हुँदै परियारले अवार्डले आफूमा जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् । उनले चलचित्र मार्फत यस्तै खराब सामाजिक मनोभावनालाई अन्य दिनमा पनि परिवर्तन गर्दै जाने बताएका छन् ।
परियार नेपाली लोक संगीतमा सक्रिय छन् । उनका ‘ढाँटी ढाँटी’, बुट्टे चोली’ लगायतका एल्वम चर्चामा आएका थिए । लामो समयदेखि नेपाली गीत/संगीतमा सक्रिय परियारले करिब २१ मिनेट लामो लघु चलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’ मार्फत बिभिन्न खालका अपङ्गता भएका ब्यक्तिहरुको मनस्थिती र उनीहरुलाई समाजले हेर्ने दृष्ट्रिकोणलाई प्रस्तुत गरेका छन् ।
हाम्रो आँखा कहिले खुल्छको भिडियो :