साप्ताहिक संवाददाता
मंसिर ७, २०७५
लिथुबानियाँको एउटा उल्टो घरले वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्न थालेपछि सोही शैलीको घर बेलायतको बोर्नेमाउथमा संचालनमा आएको छ । आगामी जून महिनासम्म रहने उक्त उल्टो घरले पर्यटकहरूलाई आकर्षित गर्न थालिसकेको छ ।
उक्त उल्टो घरको विशेषता घरको धुरीले जमिन छुनु मात्र नभएर बेडरुम, ट्वाइलेट, अफिस आदिका सबै सरसामान उल्टो अवस्थामा राखिनु हो । उल्टो अवस्थामा रहेका सामग्रीहरूसँग खिचिएका तस्बिर छक्क पार्ने खालका हुनाले पनि यहाँ खिचिएका तस्बिर सामाजिक सञ्जालमा निकै रुचाइन्छ ।