म बितेका साढे ३ वर्षदेखि यौनसम्बन्धी गम्भीर समस्या भोगिरहेको छु र मैले आफ्नो यो समस्याका सम्बन्धमा थाहै नपाई विवाह गरें । यो स्तम्भमा प्रकाशित कुरा पढेपछि मेरा समस्यासँग मिल्दोजुल्दो लाग्यो । मैले श्रीमतीसँग यौनसम्पर्क गर्दा निम्न समस्या हुने गरेका छन् । शीघ्र स्खलन, यौनसम्पर्क गर्दा र वीर्य स्खलन हुँदा पीडा, यौनसम्पर्कपछि चिलाउने, घाँटी दुख्ने तथा सुन्निएजस्तो हुने, तल्लो पेट र पाखुराको पछिल्तिर दुख्ने अनि सधैं यौन सम्पर्क चाहिने । गत दुई वर्षदेखि हामीले सन्तान पनि चाहेका छौं तर अहिलेसम्म सफल भएका छैनौं । कृपया समाधानको उपाय बताइदिनुहुन अनुरोध छ ।
१२३४५
तपार्इंले भोग्नुभएका समस्यामा छोटकरीमा समाधान दिने प्रयास गर्दैछु ।
शीघ्र स्खलन : शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता (उभचायचmबलअभ बलहष्भतथ) भए त्यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन को प्रयोग कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन । आफंैले गर्न सकिने केही उपायमा १. यौनसम्पर्क रोक्ने– सुरु गर्ने, २. आशन परिवर्तन गर्ने, ३. लिङ्ग अँठ्याउने (स्खलन होलाजस्तो भएपछि), ४. कन्डमको प्रयोग गर्ने, ५.मांशपेशीको प्रयोग गर्ने (पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशी) ६.औषधीको प्रयोग ( छालाको संवेदनशीलता कम गर्ने) अनि सबैभन्दा महत्वपूर्ण कुरा केही लामो समय लाग्ने भए पनि वीर्य स्खलनमा स्व: नियन्त्रण गर्ने अभ्यास गर्न सकिन्छ ।
यौनसम्पर्क र स्खनलमा पीडा
लिङ्गमा केही समस्या छ भने यौनसम्पर्क पनि पीडादायक हुन्छ । यस विषयमा तपाईंले केही नलेख्नुभएकाले यसै भन्न सकिएन । लिङ्ग दुख्ने वा असजिलो हुने अनेक कारण हुन सक्छन् । ती कारणमध्ये कतिपय लिङ्गसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् भने अन्य कतिपयसमस्याका लक्षण लिङ्गमा हुने पीडाका रूपमा देखिन्छ । छोटकरीमा भन्दा मूत्रथैलीको पत्थर, लिङ्गमा चोट लाग्नु, कुनै किराले टोक्नु, लिङ्गको क्यान्सर, priapism, यौनाङ्गको हर्पिस, छालामा पिलो वा घाउ आउनु, अग्रचर्मको संक्रमण वा शोथ (balanitis), प्रोस्टेट ग्रन्थिको संक्रमण, peyronies’s disease, Reiter syndrome, sickle cell anemia, यौनरोग (syphilis) तथा chlamydia वा gonorrhea का कारणले हुने मूत्रनलीको शोथ लिङ्गमा पीडा हुने कारण हुन् ।
यौन सम्पर्क वा हस्तमैथुन अत्यधिक रूपमा लगातार गरिएको स्थितिमा पनि छाला पाच्छिएर लिङ्ग दुख्छ । त्यसैगरी fungus को संक्रमण होस् वा एलर्जी भएर बेस्सरी चिलाएको अवस्थामा लिङ्ग पोल्ने वा दुख्ने हुन्छ । छालाका अन्य केही समस्या पनि यस्तो पीडाको कारण हुनसक्छ । जनेन्द्रियको हर्पिस, अत्यधिक घर्षण, कुनै वस्तुको एलर्जी, लुतो जस्ता कतिपय स्थितिमा लिङ्गमा रातोपन देखिन्छ ।
लामो समय सम्म यौन उत्तेजनामा रहँदा यौनाङ्गमा रगतको प्रवाह बढी हुन्छ । पौरुष ग्रन्थिमा यस्तो हुँदा लिङ्गको टुप्पातिर दुखेको अनुभव हुन सक्छ । पौरुष ग्रन्थिको संक्रमणमा पनि यस्तो लक्षण देखा पर्न सक्छ । वीर्य स्खलनका बेलामा मुत्रनलीको श्लेष्म (mucus) पखालिने हुँदा, पिसाब फेर्दा मूत्रनलीको भित्री भागमा अम्लीय गुणको पिसावसंग प्रत्यक्ष सम्पर्कमा आउँदा पोलेको तथा दुखेको अनुभव हुन सक्छ ।
तल्लो पेट र पाखुराको पेट दुख्ने : विशेष गरेर तल्लो पछाडि दुख्ने सन्दर्भमा कुरा गर्दा हामी महिलाको पाठेघरलाई केन्द्रित गरेर कुरा गर्छौं तर पुरुषको सन्दर्भमा यो त्यस प्रकार लागू हुँदैन । पेटको तल्लो भाग तिर दुख्ने प्रमुख कारणमा पाचन प्रणाली (विशेष गरेर आन्द्रा तथा यसका अवयव) सम्बन्धी तथा मूत्र प्रणाली हुनसक्छ । त्यसैगरी पाखुराको पछिल्तिरको दुखाइको सन्दर्भमा आसन, शारिरीक क्रियाकलापका कारणले कतै अस्थि–मांसपेशीमा कुनै चोट लागेको छ कि विचार गर्नुहोला ।
सन्तान नभएको कुरा : गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निस्कासन, २. यौन सम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुराहरू हुनु आवश्यक छ । गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने कुरा चाहेर एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिब हुन्छ । सन्तान जन्माउन नसक्नुमा केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छन् । त्यसैगरी केहीकारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहिनताको कारण नै पत्ता लाग्दैन । श्रीमान्–श्रीमती दुवै जनाको प्रजजन अङ्ग तथा कार्य ठीक तरिकाले चलेका छन्/छैन भनेर परिक्षण गराउनु बेस हुन्छ । यसको सुरुवात तपाईंले आफ्नो वीर्य परीक्षण गराएर गर्न सक्नुहुन्छ । वीर्य सामान्य छ भने तपार्इंकी श्रीमतीको परीक्षण गराउनुपर्छ ।
अन्त्यमा, तपाईंले भन्नु भएअनुसार यो स्तम्भमा समस्याका बारेमा पढ्नुभयो । यस्तो स्थितिमा पक्कै पनि त्यसका कारण तथा समाधान पनि राम्रोसँग पढ्नु भयो होला । यो सन्दर्भमा तपाईंको सोच र क्रियाकलाप समस्या कम गर्नेतर्फ निर्देशित हुनुपर्ने हो, तर त्यसो नभै अझ बढी चिन्ता गर्न थाल्नुभएजस्तो लाग्यो । कतिपय व्यक्ति रोग वा विमारीका बारेमा जानकारी हुँदै गए पछि आफूलाई पनि त्यो भयो कि भनेर चिन्ता गर्न थाल्छन् । यस किसिमको चिन्ता बढी भए स्थिति क्ष्ििलभकक ब्लहष्भतथ म्ष्कयचमभच सम्म पुग्न सक्छ । त्यसैले अनावश्यक रूपमा चिन्ता नगर्न अनुरोध छ । अति भए मनोचिकित्सकको सहयोग लिनुपर्ने हुनसक्छ ।