साप्ताहिक संवाददाता
मंसिर ८, २०७५
फेसबुक म्यासेन्जरमार्फत आउने सबै म्यासेज सही नहुन सक्छन् । कसैले फेक एकाउन्टबाट म्यासेज पठाएको पनि हुन सक्छ । यही कुरालाई मनन गरी फेसबुकले एउटा नयाँ फिचरको परीक्षण गरिरहेको बताएको छ । यसबाट फेक एकाउन्ट पत्ता लगाउन एवं त्यसबाट सचेत हुन सकिन्छ ।
उक्त नयाँ फिचरको सहयोगले फेसबुकले नचिनिएको नयाँ नम्बरबाट आएको म्यासेज पहिचान गरी त्यसका बारेमा प्रयोगकर्तालाई जानकारी दिनेछ । यसबाट प्रयोगकर्ताले उक्त एकाउन्ट कहिले बनाइएको थियो ? कुन देशबाट प्रयोग भैरहेको छ ? उसले फेसबुक एकाउन्ट पनि चलाउँछ कि फोन नम्बर मात्र हो ?
उसले प्रयोगकर्तालाई अन्य कुनै माध्यमबाट सम्पर्क गर्ने प्रयास गरेको थियो कि ? आफ्नो कुनै साथीसँग पनि ऊसाथी छ कि ? आदि जानकारी उपलब्ध गराउँछ । यसबाट फेक एकाउन्ट पत्ता लगाउन सहयोग पुग्ने दाबी फेसबुकको छ ।