साप्ताहिक संवाददाता
मंसिर ८, २०७५
आयरल्यान्डको डब्लिनमा सञ्चालनमा आएको एक पिज्जा रेस्टुराँले तयार पारेको एउटा पिज्जा खाई सिध्याए नगद पुरस्कार प्रदान गरिने घोषणा गर्दा पनि त्यसमा कसैले सफलता प्राप्त गर्न सकेका छैनन् ।
उक्त रेस्टुराँले ३२ इन्च गोलाई भएको पिज्जा र दुईवटा मिल्क सेक एकै स्थानमा बसेर खाने ग्राहकलाई ६५ हजार ५ सय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
रेस्टुराँको यो घोषणा पछि उक्त पिज्जा खान १ सयभन्दा बढी खन्चुवा स्वभावका व्यक्तिले प्रयास गरिसकेका छन् तर उनीहरूमध्ये कोही पनि सफल हुन सकेका छैनन् ।