साप्ताहिक संवाददाता
प्रदेश नम्बर एकका प्रतिभाहरूलाई लक्षित गरी केही समय पहिले यो वेबसाइट प्रारम्भ गरिएको हो । विराटनगरको आइटी कम्पनी पाइला टेक्नोलोजिजले पाइला जब डटकम सुरु गरेको हो । कम्पनीहरूले आवश्यक भ्याकेन्सीको विवरण उपलब्ध गराएपछि यो साइटले अनलाइन, सोसल मिडिया तथा अन्य मिडिया मार्फत विज्ञापन गरी उपयुक्त व्यक्ति जागिरका लागि पठाउने व्यवस्था मिलाएको छ ।
जनशक्ति व्यवस्थापनमा काम गर्ने उद्देश्यसहित सुरु भएको पाइला जबमा अहिले विभिन्न कम्पनीहरूको भ्याकेन्सी फेला पार्न सकिन्छ । अहिले गुणस्तरीय जनशक्तिको अभाव भैरहेको अवस्थामा पूर्वको बजारलाई लक्षित गरेर कम्पनीले यो सेवा प्रारम्भ गरेको हो ।
कुनै नयाँ व्यक्तिले आफूलाई उपयुक्त जागिरका लागि यसको उपयोग गर्न सक्छन् तथा कम्पनीहरूले पनि यहींबाट उपयुक्त जनशक्ति खोज्न सक्छन् । अनलाइनमार्फत जागिर खोज्नेहरूले यो साइटबाट आफ्नो बायोडाटासमेत पठाउन सक्छन् भने कम्पनीहरूले आवश्यक पदका लागि अनलाइनबाटै रजिष्ट्रर गरि सेवा लिन सक्छन ।