साप्ताहिक संवाददाता
यो जाडोमा कोदोको रोटी खाने कि ?
स्याङ्जाली बाबु
अब तराईमा पनि जाडो बढ्दो छ ।
विश्वराम भट्टराई
भन्दिनुपर्यो कसैले, यो जाडो खाने बोको कता किन्न पाइन्छ ?
सबी
फलामलाई फलामले काट्छ भनेर जाडो काट्न फिरिजमा छिरेको त झन्डै खुस्किएको ।
स्याल भुतले
जाडो बढी रा’छ, दोधारमा छु बिहे गरम् कि अर्को सिरक किनम् ।
गौरव
गर्मी होस् या जाडो, नुहाउने भनेको महिनामा एकचोटि हो क्यारे †
अञ्जना सुवेदी
जाडो बढेको कि घाम मधुरो भएको ?
भुन्टी मगर
इतिहास साक्षी छ, जाडो आउँदा गर्मी ठीक, अनि गर्मी आउँदाचाहिँ जाडो नै ठीक भन्नेहरूको यहाँ कुनै कमी छैन ।
विधान पौडेल
रुइ, फुई अनि दुई चाहियो हनुमानजी, लास्टै जाडो भो ।
सबिन भट्ट
कतिपय सम्बन्ध त जाडो महिनाको न्यानो घामजस्तै प्यारो हुन्छ जति पोले पनि छोड्नचाहिँ नसकिने ।
विवेक
जाडो महिनामा पानी जमेर बरफ हुने तर रुघा लाग्दा चाहिँ सिंगान बग्ने किन ? थाहा नभएको कुरा ।
अनु झापाली
जाडोमा जाडो भयो रे, गर्मीमा गर्मी भयो रे । विचरा मौसमलाई नि सुख रै’नछ ।
श्रीधर पाल्पाली
यी मच्छडलाई जाडो नि नहुँदो रच क्या कि क्या हो ? यस्तो जाडोमा लुगै नलाई टोक्न आइरा’छन् त ।
विक्रम बस्याल
जाडो त बहाना मात्र हो, मन चिसो भयो तिम्रो बेवास्ताले ।
संगीता सापकोटा
नुहाउँछु भनेर धारोमा गएँ, बाल्टिनमा पानी भरें, कपडा खोलें, बसेर एक घण्टासम्म पानीलाई हेरें, अनि भोलि नुहाउनुपर्ला भनेर फेरी कपडा लगाएर फिर्ता भएँ ।
दीपक केसी
के गर्दैछौ भनेर नसोध प्रिय, घाम तापेर बसिरा’छु ।
सुरोज लामिछाने
जाडो मौसम न्यायो सम्झना लोलाएका आँखा, यादैयादमा तिम्लाई सम्झी टोलाएका आँखा तर तिम्ले मायै मार्यौ स्मृतिलाई नासो छोडी, सापटीमा गाउँदैछु कोइलीको विरही भाका ।
विश्वास पौडेल
हेर्नुस् जाडो भगाउन बरु ऋण नै लागोस्, ज्याकेट, स्वीटर, ट्राउजर, हाइनेक, मोजा, टोपी, गलबन्दी किनिन्छ, तर बिहेचाहिं गरिन्न । अरे यार के ग्यारेन्टी छ बिहे गरेसी बूढी तपाईंसँगै सुत्छे भन्ने ? एक्लै पो सुत्न खोज्छे कि ? त्यसो त ४ दिन छुनै हुँदैन, १ सय दिनलाई के जिन्दगी बर्बाद गर्नु ।
सज्जन चोर
अरूलाई मंसिर लाग्या छ अनि मलाई चाहिं मंसिरको जाडो ।
अनु
चुइगम पड्काउँदै ग्राहक कुर्नेहरू, धूलो खाँदै बस कुर्नेहरू, नजर छ आउँदै गरेको बसतिर, ग्राहकतिर । बस आउँदैन, रेट मिल्दैन, उफ् ! निराशा । यो रत्नपार्क, रातको रत्नपार्क, जाडो सहेरै भए पनि कुर्नु त छँदैछ, खटरा नै होस् गाडी, गन्तव्यमा पुग्नु नै छ ।
सागर बुढाथोकी
जाडो लागिसक्यो....अब हिटर किन्न जानुपर्यो ।
कृष्ण सापकोटा
पहिले गर्मी, अहिले जाडो भो, साला यो जिन्दगी धेरै नै घाँडो भो ।
शंकर
अब त अति भयो । यो जाडोमा ज्याकेट किन्न असनतिर गएको, मूल्य ११ हजार ५ सय ५० रे । डिस्काउन्ट कति भन्दा १० प्रतिशत । अब भन्नुस्, एउटा ज्याकेटको मूल्य कति हुन्छ ? तीन महिना जाडोमा लगाउने एउटा सामानको मूल्य यति धेरै ? हामी सामान्य मानिसले कसरी लगाउने, के खाने, बालबच्चा कसरी पढाउने ? –दुई तिहाइको सरकारले दिएको राहत ।
पार्वती धरेल
अनि मंसिर लागेसँगै ह्वात्तै जाडो बढेको महसुस भो । यो एक्लो जीवनमाथि खतराको बादल मडारिए जस्तो छ ।
सञ्जय अधिकारी
जाडो पनि कति सारो बाबै †
पूनम
अहिले साँच्चिकै जाडो आएको प्रमाणित भएको छ । बाटो हिंड्दा कसैले पनि छोटा लुगा लगाएको देखिएन ।
विनोद अधिकारी
यो जाडोमा हाम्रा नानीहरू आधा अंग देखाएर हिंडिरा’छन् । हैन जाडो नै हुन्न कि क्या हो यिनीहरूलाई ।
आष्मा
गर्मीले बाटोमा हिंड्न दिंदैन, जाडोले घरमा बस्न दिंदैन, पीडित जिन्दगी थप पीडित भो मेरो चैं ।
जेनिश दाहाल
आजभोलि म पानी पनि तताएर खान थालेको छु, मुटुमा बसेकी तिमीलाई जाडो नहोस् भनेर ।
सिद्धार्थ आचार्य
कौसीमा बसेर पढ्दा हावा लाग्छ, कोठामा बसेर पढ्दा जाडो हुन्छ, यहाँ पढ्ने वातावरण नै छैन भन्या ।
वाई वाई
भो त अब । घरतिर ह्वात्तै चिसो बढ्यो आज अनि दोष मलाई । कान्छी घर आउँदा जाडो पनि सँगै लिएर आई रे, छिमेकीका कुरा ।
अञ्जना अधिकारी