साप्ताहिक संवाददाता
मंसिर ९, २०७५
गीत संगीतको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएका अजय अधिकारी सुशिलले निर्देशन गरेको सोच युट्युवमा सार्वजनिक गरिएको छ । अधिकारीको निर्देशन, सम्वाद र पटकथा रहेको सोचमा लक्ष्मी भुषाल, लक्ष्मी खतिवडा र अधिकारीकै अभिनय रहेको छ ।
सामाजिक कथालाई उठान गरेको सोच घर भित्रको सानो द्धन्दलाई प्रस्तुत गरिएको छ । करिब ४ मिनेटको यो भिडियोको निर्माण प्रतिमा श्रेष्ठले गरेकी हुन् भने छायांकन पशुपती श्रेष्ठले गरेका छन् ।
भिडियो हेर्नुहोला