साप्ताहिक संवाददाता
मंसिर १०, २०७५
‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण २०१८ हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ देखि उक्त अवार्ड आयोजना हुन लागेको हो ।
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठले बताए ।
नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठले बताएका छन् ।
ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र संयोजक मधुकुमार श्रेष्ठ हुन् । यस अघिका दुई संस्करण अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमानै सम्पन्न भएको थि