साप्ताहिक संवाददाता
विभिन्न उमेर समूहका बालबालिका लक्षित बाल सौन्दर्य प्रतियोगिता ‘नेपाल्स लिटिल आइकन २०१८’को लिटिल समूहमा बालिकातर्फ सेरियाना बेगम विजेता छनौट भएकी छिन् । प्रतियोगितामा सिम्रन पुन मगर फस्ट रनर अप, अंशु बोहरा सेकेन्ड रनर अप, रक्षा घिमिरे थर्ड रनर अप तथा तनुशा लोहनी फोर्थ रनर अप चयन भएका थिए । बालकतर्फ आयुष सुवेदी विजेता बने भने सृजन गौतम र नवोदित घिमिरे क्रमश: फस्ट तथा सेकेन्ड रनर अप चयन भएका थिए ।
प्रतियोगिताको टिन समूहमा किशोरी तर्फ प्राप्ति सिंह राठौर विजेता बनेकी थिइन् । प्रतियोगितामा सबनम गुरुङ फस्ट रनर अप, प्रियंका भण्डारी सेकेन्ड रनर अप, एस्टर बराल थर्ड रनर अप तथा ऋदिमा रिजाल फोर्थ रनर छानिएका थिए ।
किशोरतर्फ भने विनिभ श्रेष्ठ विजेता छनौट भए । प्रतियोगितामा कृबिप थापा फस्ट रनर अप, अनिश रायमाझी सेकेन्ड रनर अप, पासाङ लामा थर्ड रनर अप तथा रनिश चन्द फोर्थ रनर अप निक्र्यौल गरिएका थिए । प्रतियोगिता एएनपी मिडिया हाउस प्रा.लि.को ब्यानरमा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न भएको थियो ।