अनुभव रेग्मी २०६४ साल असार १८ मा जन्मिएका हुन ।
अनुभवकी आमाको नाम कविता रेग्मी तथा पिताको नाम अरुण रेग्मी हो ।
अनुभवको पहिलो चलचित्र भिसा गर्ल हो । उनले रिदम, काली, नाइँ नभन्नु ल–२, नाइँ नभन्नु ल–३, नाई नभन्नु ल–४, ए मेरो हजुर–२, भैरे आदि चलचित्रमा काम गरेका छन् ।
रेग्मी सलमान खानको अभिनयबाट प्रभावित भएर चलचित्र क्षेत्रमा आएका हुन् ।
बानेश्वरको घरआँगन चिया पसलमा अनुभवका पिता अरुण रेग्मीले निर्देशक विकास आचार्यलाई भेटेर आफ्नो छोराको कलाका सम्बन्धमा जानकारी गराएपछि चलचित्र रिदमबाट उनले ब्रेक पाएका हुन् ।
आईस, बर्गर र मम अनुभवलाई मन पर्ने परिकार हो ।
अनुभव अभिनय बाहेक अध्ययन तथा खेलकुदमा रुचि राख्छन् ।
अनुभवकी मिल्ने साथी प्रियंका कार्की हुन । अनुभव प्रियंकासँग नाइँ नभन्नु ल–२ देखि धेरै नजिक भएका थिए । उनी प्रियंकालाई दिनजसो फोन गर्छन् भने बेला–बेलामा भेटघाट गर्नुका साथै घुमघाममा समेत जान्छन् ।
जिन्स अनुभवलाई मन पर्ने पहिरन हो ।