साप्ताहिक संवाददाता
सातौँ नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ सोमबारबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा शुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन तीन वटा चलचित्र प्रदर्शन गरिएको छ ।
पहिलो दिन इजिप्टका मोहमद फाडलद्वारा निर्देशित नासिर ५६, चीनका ज्याङयोङ, होडन ओ अब्डी र फु डोङ निर्देशित अफ्रिकन इन युवा, स्विजरल्यान्डका आइरन लोएबल निर्देशित लाइफ इन प्रोगेस प्रदर्शन गरियो ।
विभिन्न विषयवस्तुमा आधारित ११ वटा चलचित्र प्रदर्शनी गरिने कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन (सिजेएमसी) एवम् फेस्टिभलकी आयोजक तथा निर्देशक डा. मन्जु मिश्रले जानकारी दिइन् ।
महोत्सवको दोस्रो दिन स्विडेनका नाडिया डाइवर्ग र पी युलिन्स निर्देशित ‘फुटबोलडोक्र्टन’, रुवान्डा, फ्रेन्च र बेल्जियमका फिलिप भ्यान लु निर्देशित ‘ली लोर ओ डाइस्ट’, ‘पार्टी इन भोग ’र सेनेगलका ओस्मान विलियम मेबी निर्देशित ‘प्रेसिडेन्ट डाई’, र अल्जेरियाका मर्जाकओल्ज निर्देशित ‘बाबएल क्यु सिटी फिक्सन’ फिल्मको प्रदर्शन गरिएको छ ।
यस्तै, तेस्रो दिन अमेरिकाका जर्ज क्यासी निर्देशित ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाका डारयन जोसाउ निर्देशित ‘कल मी थिफ’ फिलिपिन्सको ‘भेलभेट रेभ्युलेसन’ र नेपालबाट मनोज पण्डितद्वारा निर्देशित फिल्म ‘छाया’ प्रदर्शन गरिनेछ ।