साप्ताहिक संवाददाता
सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेक उपाय अपनाइरहेका छन् । यस क्रममा अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारीरिक बनौटका साथै प्रतिभाका कारण पनि कतिपय व्यक्ति चर्चामा छन्। यिनैमध्येको एक जोडी हो— बखत विष्ट र प्रतिभा चौधरीको । उनीहरूको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरूका हरेक भिडियो युट्युबमा अगाडि छन् ।
केही दिनयता सामाजिक सञ्जालमा भाइरल भैरहेका अर्का व्यक्ति हुन्— चितवनका फुर्साङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चामा छन् । फुर्साङले आफ्नो प्राकृतिक अनुहारलाई मोडिफाई गरेका हुन् । अरूभन्दा फरक देखिन करिब चार महिनाअघिदेखि अनुहार मोडिफाई गर्न थालेका फुसाङले कान, जिब्रो, नाक, गाला, ओठलगायत अनुहारका धेरै भागमा छेडेर मुन्द्रा लगाएका छन् ।
यस्तो भिन्न किसिमको गेटअपले फुर्साङलाई प्रहरी खोरमा समेत पुर्याएको छ । आफ्नो यस्तो लुक्सकै कारण आमाले झुन्डिएर मर्नेसम्म धम्की दिएको बताउने फुर्साङले आफूले जीवनमा धेरै गल्ती गरेको र अब त्यस्तो गल्ती नगर्ने भन्दै कुलतमा लागेका युवालाई सही बाटोमा हिँड्न आग्रहसमेत गरेका छन् ।