साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘प्रेमलीला’को पोस्टर सार्वजनिक भएको छ । अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका ३ पात्रलाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा दिपशिखा खड्का र अभिनेता अलि खान र मौसम खड्का अटाएका छन् । सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा चलचित्रकी अभिनेत्री दिपशिखा खड्काको दुवै अभिनेतासँगको प्रेम भाव देख्न सकिन्छ ।
अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको पहिलो पोस्टर र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ । चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।
दीपशिखा, अलि र मौसमसँगै चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र माघ २५ बाट देशभर रिलिजको प्रचारमा छ ।