साप्ताहिक संवाददाता
गायक गगन सरगमले आफ्नो एकल स्वर रहेको गीति एल्बम ‘प्रेमको भिखारी’ सार्वजनिक गरेका छन् । सोही कार्यक्रममा एल्बमको शीर्षक गीतको म्युजिक भिडियो समेत लोकार्पण गरेका छन् । एल्बमका गीतमा निम संगीतको शब्द तथा संगीत छ ।
भिडियोमा गायक गगन सरगमले नै अभिनय गरेका छन् । उनलाई मोडल जुना सुन्दासले अभिनयमा साथ दिएकी छिन् । उत्सब दाहालद्वारा छायांकन गरिएको यो म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन् ।
विमोचित एल्बममा पाँच वटा गीत समावेश छन् । प्रेमको भिखारी शीर्षकको शीर्ष गीत संगीतकार नीम संगीतलेनै रचना गरेका हुन् । दोस्रो गीत ‘फूल झरेको सम्झ’ शीर्षकमा छ, जसका गीतकार नवराज घिमिरे हुन् । ‘तारिफ’ शीर्षकको एल्बमको तेस्रो गीतलाई लक्ष्मण पाण्डेले रचना गरेका हुन् । ‘तिमीले माया मारेपछि’ शीर्षकको गीतका रचनाकार घनश्याम गौतम हुन् । एल्बमको पाँचौं गीत ‘उनको यादमा’ शीर्षकमा छ, जसलाई संगीतकार निम संगीतले रचना गरेका हुन् ।
एल्बमका गीतहरुलाई निम संगीत, साहस शाक्य, फणिन्द्र राई, गोपाल रसाइली तथा विक्रम कार्कीले संगीत संयोजन गरेका छन् । अमर प्रेम म्युजिकले बजार व्यवस्थापन गरेको उक्त एल्बमका गीतहरु प्रिज्म रेकर्डिङ स्टुडियो, भिनस रेकर्डिङ स्टुडियो, पर्पल स्टुडियो तथा डोरेमीमा रेकर्ड गरिएका हुन् । एल्बमका गीतहरुलाई श्याम श्वेत रसाइलीले प्रि–मास्टरिङ गरेका हुन् ।
प्रेमको भिखारीको म्युजिक भिडियो :