साप्ताहिक संवाददाता
मंसिर १२, २०७५
गायक गेमराज गिरीको नयाँ गीत सार्वजनिक भएको छ । स्टेज कार्यक्रममा चर्चित गरीले ‘केरा लैजाउँ पाउँर’ बोलको गीत सार्वजनिक गरेका हुन् । पश्चिमको निकै लोकप्रिय टप्पा भाकामा सार्वजनिक गरिएको उक्त गीतमा भुपेन्द्र प्रकास गिरीको शब्द तथा संगीत रहेको छ ।
स्व. भुपेन्द्र प्रकाश गिरीको शब्द, संगित रहेको उक्त गीतलाई उनले रिमेक गरेर बजारमा ल्याएका हुन । सार्वजनिक गीतको म्यूजिक भिडियोमा अन्जली अधिकारी र प्रकाश सपुतले नृत्य गरेका छन् ।
नबिन घर्तीमगरको सम्पादनमा बनेको म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका छन् । यो म्यूजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन ।
केरा लैजाउ पाउँरको म्यूजिक भिडियो :