साप्ताहिक संवाददाता
युवाहरू देशको अवस्था बुझेर विध्वंसात्मक तथा नकारात्मक कामकुरा छाडी देशलाई समुन्नत बनाउन लागिरहेका छन् ।
प्रितम
आफूले भने जस्तो जागिर नपाए पनि पाएको काम गरिरहेका छन् ।
अरुण
अवसर पाए काम गरिहाल्नु अहिलेका नेपाली युवाको सकारात्मक पक्ष हो ।
सागर भट्टराई
युवावर्गमा हरेक चुनौती सामना गर्ने क्षमता छ । सहनशीलता छ । विषम परिस्थितिलाई पनि सहज रूपमा लिनुपर्छ भन्ने सकारात्मक सोच छ । कमी छ त अवसरको । विश्वको कुना–कुनामा आफ्नो क्षमताको प्रदर्शन गर्ने साहस छ ।
श्याम ढकाल
देशमा चरम बेरोजगारी छ । जता पनि समस्या मात्र छ, तैपनि युवाहरू संयमित छन् । अभावका बीच पनि आफ्नो हौसला गुमाएका छैनन् ।
बिमल त्रिपाठी
कुनै पनि कुरामा सबैभन्दा पहिले नकारात्मक पक्ष देख्नु नै सकारात्मक पक्ष हो ।
मिलन बस्नेत
प्रविधिमैत्री छन् । फरक ढंगले सोच्छन् ।
बासु प्रान्जल
नेताले जति बेइमानी गर्दा पनि भौतिक कारबाही नगर्नु नेपाली युवाहरूको सकारात्मक पक्ष हो ।
सुदीप पौडेल
अझै पनि देशमा केही राम्रो होला भन्ने कुरामा आशावादी छन् ।
रोमन कार्की
दार्ही पालेर, दार्ही काट्दा लाग्ने खर्च घटाउनु सकारात्मक पक्ष हो ।
सिर्जन तामाङ
अघि बढेको मान्छेको मिम बनाउने, फेसबुकबाट सरकारलाई गाली गर्ने, आई एम विथ केसी भन्दै प्रोफाइल चेन्ज गर्ने, आईईएलटिएस–टोफल आदि गरी विदेश जाने अनि देश बनेन भनेर नेताहरूलाई गाली गर्ने, हामी युवामा यस्तो जाँगर छ । कोही–कोही यसको अपवाद हुन सक्छन् ।
दिर्यनजंग बस्नेत
नेताले देशमा जे गरे पनि सहने शक्ति छ । सकारात्मक यही पक्ष होला ।
विश्व गौतम
अहिलेका युवाहरूको सकारात्मक पक्ष भनेको उनीहरूको जोस र जाँगर हो । युवाहरू आफ्नो अनि देशका लागि केही गर्न चाहन्छन् । विडम्बना सरकारलाई यसको कुनै चासो छैन ।
अहमद
देशका लागि केही गर्नुपर्छ भनेर विदेश गएर भ्रष्टहरूलाई स्पष्ट हुने गरी आफ्नो रगत चुसाउँछन् ।
श्याम तिमिल्सिना
सकारात्मक होइन, म त खाली नकारात्मक पक्ष मात्र देख्छु हरेक कुरामा ।
मनोज
सहिष्णुता ।
केवल राई
निडर छन् ।
प्रदीप
कोदोको सुप, गाँजाको धुप अनि तरुनीको रुपको पछि लाग्नु ।
चित्र रानामगर
कम पढेलेखेकाहरूले खाडीमा पसिना बेच्नु, अलि पढेलेखेकाहरूले युरोपका होटलमा भाडा माझ्नु नै सबैभन्दा सकारात्मक पक्ष हो ।
दीपक खड्का
धूम्रपान–मध्यपान गर्नु अनि सबैसँग आशावादी हुनु, यही नै हो राम्रो पक्ष ।
भुपेन्द्र खपांगी
आफू चै काम नगर्ने, सहयोगको भावना नराख्ने तर अरूबाट चाहिँ खुब धेरै आशा राख्नु अनि यो गर्यो, त्यो गरेन भनेर फेसबुक, ट्विटरमा गफ दिनु । कुरा बुझ्नु भयो होला नि महाशय ?
नवीन लामा
सामाजिक सञ्जालमा बढी समय बिताउनु ।
जय शम्भु
पहिले जति अरूको भरमा बाँच्नुपथ्र्यो त्यति अहिले पर्दैन ।
दिनेश दाहाल