मंसिर १७ गते : विश्व अपांग दिवस, मंसिर २१ गते : अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
मेष
कुरा नबुझी गरिएको व्यवहारका कारण प्रेमी–प्रेमिका चिढिन सक्छन् । सहयोगीहरूले समस्या सावधानको बाटो देखाइदिँदा अघि बढ्न सजिलो हुनेछ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । रातो रंगको पहिरनले उन्नतीको मार्ग पहिल्याउन सहज बनाउनेछ ।
वृष
परिवारका ज्येष्ठ सदस्यहरूले तपाईंको करियर तथा सम्भावनालाई मध्यनजर गरी महत्वपूर्ण सुझाव दिनेछन् । चिसो मौसमका कारण स्वास्थ्यमा समस्या सिर्जना हुनसक्छ । मान्यजनको भनाइ पालना गर्दा थोरबहुत मानसिक पीडा भए पनि अन्तत: फाइदा नै हुनेछ । साथीभाइहरूप्रति अतिसारो विश्वास नगर्नुहोला ।
मिथुन
सभा–सम्मेलनमा भाग लिने अवसर पाइनेछ । प्रतियोगितात्मक कार्यमा सहभागी हुँदा उच्च मूल्यांकनमा परिनेछ । परिवारका ज्येष्ठ सदस्यहरूको सुझावअनुरुप व्यवहार तथा व्यवसाय गर्दा फाइदा होला । सेतो तथा निलो रंगको पहिरनले काम सम्पन्न गर्न सहज बनाउनेछ । सवारी साधन चलाउँदा संयमित रहनुहोला ।
कर्कट
लगनशीलताका कारण प्ररिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । भौतिक संसाधन जुट्नुका साथै दिगो फाइदा हुने काम हात लाग्नेछ । आर्थिक स्थितिमा परिवर्तन आउनुका साथै वैदेशिक भ्रमणको अवसर जुर्नेछ । आँटेको काममा उत्साह जाग्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन गोपनियतामा ध्यान दिनुहोला ।
सिंह
महँगा सामग्री खरिद गर्ने मनसाय राख्दा अभिभावकले बेवास्ता गर्ने सम्भावना छ । मित्रहरूले अपेक्षाकृत सहयोग नगर्दा रोजगारीको नयाँ अवसर गुम्ने अवस्था सिर्जना हुन सक्छ । हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । हनुमानको आराधनाले सोचेजस्तो फल प्रदान गर्न सक्छ । भोजभतेरमा सहभागी हुन पाइनेछ ।
कन्या
साता उन्नति गर्ने खालको तथा परिवर्तनकारी छ । उपल्लो दर्जाका व्यक्तिहरूले महत्वपूर्ण सुझाव तथा जिम्मेवारी दिनेछन् । कृषिक्षेत्रमा लगानी गर्ने प्रस्ताव प्राप्त हुनसक्छ । कर्मचारीवर्गका निम्ति जिम्मेवारी थपिने सम्भावना छ । साताको अन्त्यमा विभिन्न परिकार तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछ ।
तुला
पारिवारिक विरोधका बाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षा गरेको छ । त्यही निर्णयले नै तपाईंको जीवनलाई निर्धारित गर्नेछ । सोमबारपछि आर्थिक समस्याबाट पार पाइनेछ । साथीभाइले पनि सहयोग गर्ने तत्परता देखाउनेछन् । आफूले गर्नुपर्ने कामप्रति बेवास्ता गरियो भने त्यसले थप संकट निम्त्याउन सक्छ ।
वृश्चिक
विदेशबाट फर्किएका साथीभाइसँगको भेटघाटमा नौलो जानकारी पाइनेछ । मन पराउनेहरूसँग सावधानीपूर्वक व्यवहार गर्दा सार्थक परिणाम हात पर्नेछ । अभिभावकको सुझाव आत्मसात् गर्दा धन अभावले पिरोलिनुपर्ने छैन । साताको अन्त्यमा रातो रंग प्रयोग गरे नयाँ अवसर प्राप्त हुने देखिन्छ ।
धनु
आफन्त तथा अभिभावकको निगरानीले व्यवहारिक बन्न प्रेरणा दिनेछ । ठूला खालका योजनालाई परिणाममुखी बनाउन प्रेमी–प्रेमिकाले तन, मन तथा धनले सहयोग गर्नेछन् । मित्रहरूको सुझाव आत्मसात् गर्दा सफलता पाइनेछ । साताको अन्त्यमा परिवारजनको मांगलिक कार्यमा सहभागी भइनेछ ।
मकर
विविध क्षेत्रमा रोजगारीको अवसर प्राप्त हुने सम्भावना छ । सभा सम्मेलनमा सहभागी हुन पाइनेछ भने आफ्नो प्रतिभाका बलमा नाम तथा दाम कमाउन सकिनेछ । साथीभाइको सहयोगमा व्यवसायमा सफलता हात पर्नेछ । मौसमी फेरबदलका कारण देखा पर्ने शारिरिक कठिनाइप्रति सचेत रहनुहोला ।
कुम्भ
रोजगारीको स्थान पहिचान गरी नयाँ क्षेत्रबाट लाभ लिन सकिनेछ । सरोकार नभएका विषयमा चासो देखाउँदा फजुल खर्चले पिरोल्नेछ । नौला स्थानको भ्रमणमा संलग्न भइनेछ । सेतो रंग प्रयोग गर्नाले परिणाममुखी नतिजा हात लाग्न सक्छ । समकक्षीहरूसँगको भलाकुसारीमा समय खर्चिनुपर्नेछ ।
मीन
समय बलबान छ । दु्रतगतिमा कार्य सम्पन्न गर्नुहोला । तपाईंको प्रतिष्ठासँग जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौती देखा पर्न सक्छ । आफ्ना लागि सवारी साधन खरिद गर्ने योजना बनाउनुभएको छ भने प्रक्रिया अघि बढाउँदा लाभ हुनेछ । चिसो मौसममा राति अबेरसम्म बस्नु आफ्नो हितमा हुनेछैन ।