साप्ताहिक संवाददाता
सुभाषकरन तथा राजु महालिंगमको लगानीमा निर्मित बलिउड इतिहासकै सबैभन्दा महँगो चलचित्र २.० हिजो बिहीबारदेखि प्रदर्शनमा आएको छ । यो केही वर्षअघि प्रदर्शनमा आएको चलचित्र रोवर्टको सिक्वेल हो, जुन रजनिकान्तको सुपरहिट चलचित्र थियो ।
रोबर्टको पहिलो भागको अन्तिममा रजनीकान्तको रोबर्ट रूप चिट्टीलाई ध्वस्त पारेर म्युजियममा राखिएको थियो । चलचित्रमा रजनीकान्तको रोबर्टको चिट्टीको दोस्रो संस्करण देख्न पाइनेछ । यो चलचित्रमा अक्षयकुमार खलनायकको भुमिकामा प्रस्तुत हुन लागेको बताइन्छ । २.० मा रजनीकान्तले म्युजियममा राखिएका चिट्टीको पुन: स्मरण गर्छन् ।
करिब ९ सय करोडमा निर्माण भएको यो चलचित्र हिन्दीबाहेक अन्य १४ भाषामा डविङ भएको भारतीय मिडियाको भनाइ छ । चलचित्र २.० मा अक्षय कुमार एक जिनियस वैज्ञानिकको भूमिकामा छन् । ट्रेलरअनुसार अक्षयले सेलफोन राख्ने हरेक मानिसलाई हत्यारा सम्झन्छन् र उनीहरूको सेलफोन खोस्छन् । १ घण्टा ४७ मिनेट लामो यो चलचित्रको कथा तथा पटकथा निर्देशक एस शंकर स्वयंले लेखेका हुन् ।
निर्देशक : एस. शंकर
कलाकार : रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन, सुधांशु पाण्डे, आदिल हुसेन आदि ।
संगीत : ए.आर. रहमान