साप्ताहिक संवाददाता
मंसिर १४, २०७५
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शकुन्तलाको औंठी नाटक मञ्चन भैरहेको छ । सुरेन्द्र बर्माको लेखन तथा सुरज मल्लको निर्देशनको उक्त नाटकको मञ्चन गत शुक्रबार प्रारम्भ भएको हो ।
पुस ७ गतेसम्म चल्ने यो नाटकमा दिया मास्के, सुरज मल्ल, विकास न्यौपाने, आशिष श्रेष्ठ, प्रकृति रायामाझी आदि कलाकारले अभिनय गर्दैछन् ।
यो नाटक मंगलबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ भने शनिबार त्यसको अतिरिक्त शो हुने बताइएको छ ।