साप्ताहिक संवाददाता
मंसिर १५, २०७५
गतसाता पूर्वराजा ज्ञानेन्द्र सपरिवार आफ्ना नातेदारको जन्मदिन मनाउन त्रिसारा पुगेका थिए । उक्त अबसरमा उनी नाचेको तथा सर्वसाधारणसँग सेल्फी खिचेको प्रसंगले धेरैको ध्यान खिच्यो ।
बेलाबेला चर्चित व्यक्तिका कारण चर्चामा आइरहने त्रिसाराले आज शनिबार आफ्नो सातौं एनिभर्सरी मनाउँदैछ । यो विशेष अवसरमा नबिन के भट्टराईका साथै विभिन्न ब्यान्डले त्रिसारामा सांगीतिक प्रस्तुति दिनेछन् ।
समय : ५ बजे
स्थान : त्रिसारा, लाजिम्पाट