साप्ताहिक संवाददाता
कवि हेम प्रभास पछिल्लो समय निर्देशनमा व्यस्त छन् । पहिलो पटक नेपाली कवितालाई दृष्य कवितामा रुपमान्तरण गरेका हेमले निर्देशन गरेको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले आफ्नो निर्देशन मार्फत ५ वर्षिया श्रृष्टि आचार्यलाई म्यूजिक भिडियोमा प्रस्तुत गरेका छन् ।
अमेरिकामा बस्दै आएकी कवि तथा गीतकार सुबिसुधा आचार्यले लेखेको गीतमा उनकै ५ वर्षिय छोरी श्रृष्टिले अभिनय गरेकी हुन् । ‘चाँदनीमा नुहाएर’बोलको सार्वजनिक गीतमा गीतकार स्वयम पनि देखिएकी छिन् ।
सार्वजनिक गीतमा सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको छ गीतमा झलक संगीतमको संगीत रहेको छ । गीतको भाव अनुसार म्यूजिक भिडियोमा छोरी हुँदाको गर्व र खुशी व्यक्त गरिएको छ । गीतको सम्पूर्ण छायांकन अमेरिकामानै गरिएको हो । राजिव श्रेष्ठको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई एकान्त मगरले सम्पादन गरेका हुन् ।
चाँदनीमा नुहाएरको म्यूजिक भिडियो :