साप्ताहिक संवाददाता
मंसिर १६, २०७५
हलिउड र बलिउड चलचित्रका कलाकारहरू चरित्रअनुसार न्यूड हुनु सामान्य मानिन्छ । नेपाली चलचित्रमा भने यस्तो प्रयोग निकै दुर्लभ मानिन्छ । केही वर्षअघि राजेश हमालको चलचित्र ‘किन किन’ का लागि उक्त चलचित्रकी अभिनेत्री अरुणिमा लामा न्यूड भएकी थिइन् ।
अहिले आएर उपन्यासकार सुविन भट्टराईको उपन्यास समरलभमा आधारित चलचित्रमा अर्कि एक अभिनेत्रीले न्यूड सिन दिएकी छिन् । अभिनेत्री रेवती क्षेत्री उक्त चलचित्रको एउटा दृश्यका लागि निर्वस्त्र भएकी हुन् ।
चलचित्रको हालै सार्वजनिक टिजरमा रेवती पूर्ण नग्न देखिन्छिन् । त्यसबाहेक चलचित्रका अन्य केही दृश्यमा रेवतीले चुम्बनका दृश्य समेत दिएकी छिन् । मुस्कान ढकालद्वारा निर्देशित यो चलचित्रका ती दृश्यमा सेन्सरले कैँची चलायो भने अचम्म नमाने हुन्छ ।