बलिउडमा प्रेम, डेट, विवाह र डिभोर्स सामान्य भैसकेको छ । बलिउडका केही त्यस्ता महँगा डिभोर्स, जसको हामी कल्पनासम्म पनि गर्न सक्दैनौं ।
ऋत्विक रोशन तथा सुजैन खान
सन् २००० मा विवाह गरेका ऋत्विक रोशन तथा सुजैन खानको डिभोर्स बलिउडको सबैभन्दा महँगो डिभोर्स मानिन्छ । सुजैनले ऋत्विकसँग डिभोर्सबापत ६ सय करोड मागेकी थिइन्, आपसी सहमतिमा ऋत्विकले करिब ५ सय ५० करोड रुपैयाँ दिएका थिए ।
मलाइका अरोडा तथा अरबाज खान
अभिनेत्री मलाइका तथा अरबाज खानको विवाह १२ डिसेम्बर १९८८ मा भएको थियो । उनीहरूका एक सन्तान पनि छन्, तर उनीहरूको पारिवारिक जीवन खासै सन्तोषजनक भएन । अरबाजले मलाइकालाई डिभोर्सबापत २४ करोड रुपैयाँ दिएका थिए ।
करिश्मा कपुर तथा सञ्जय कपुर
सन् २००३ मा बिजनेसम्यान संजय कपुरसँग विवाह गरेकी करिश्माले डिभोर्स गर्दा झन्डै ११ करोड रुपैयाँ मागेकी थिइन् । त्यसबाहेक दुई सन्तानको पढाइ र पालनपोषणका लागी प्रत्येक महिना १६ लाख
रुपैयाँ दिने सर्तमा उनीहरूको डिभोर्स भएको थियो ।
सैफ अली खान तथा अमृता सिंह
सन् २००१ मा विवाह गरेको यो जोडी झन्डै १३ वर्ष सँगै रह्यो, तर उनीहरूको सम्वन्ध राम्रोसँग अघि बढ्न सकेन । सैफले अमृतालाई डिभोर्सबापत झन्डै १२ करोड नगद तथा आधा अचल सम्पत्ति दिएका थिए । त्यति मात्र होइन, १८ वर्ष नहुँदासम्म उनीहरूका सन्तानका लागि प्रत्येक महिना १ लाख ६० हजार रुपैयाँ दिने सर्त पनि थियो ।
आमिर खान तथा रिना दत्त
सन् १९८६ मा लभ म्यारेज गरेको यो जोडी सन् २००२ मा अलग भयो । आमिरले डिभोर्सबापत रिनालाई ८० करोड रुपैयाँ दिएका थिए ।
सञ्जय दत्त तथा रिया पिल्लई
सन् १९९८ मा सञ्जयले रिया पिल्लईसँग विवाह गरेका थिए । रिया उनकी दोस्रो पत्नी थिइन् । त्यसअघि उनले ऋचा शर्मासँग सन् १९८७ मा विवाह गरेका थिए । सन् १९९६ मा ब्रेन ट्युमरका कारण उनको मृत्यु भएपछि सञ्जयले रियासँग विवाह गरे । यद्यपि उनको दोस्रो विवाह पनि टिक्न सकेन । सञ्जयले पारपाचुके गर्दा रियालाई झन्डै १२ करोड रुपैयाँ दिएका थिए ।