साप्ताहिक संवाददाता
मंसिर १७, २०७५
क्यानाडाकी ग्ल्यामरस टेनिस खेलाडी युजिनी बुचार्ड खेलभन्दा पनि लाइफस्टाइलका कारण चर्चामा आउँछिन् । यस क्रममा अहिले उनी बिच फुटबलका कारण चर्चित छिन् । स्पोर्ट्स इलेस्ट्रेटेडले आयोजना गरेको पार्टीका क्रममा युजिनीले बिच फुटबल खेलिन् ।
टाइट कमिज र हाफ पाइन्ट लगाएकी बुचार्डले त्यहाँ उपस्थित सबैको मन जितेकी थिइन् । बिच फुटबलमा अन्य प्रतिष्ठित खेलाडीहरूसमेत सहभागी थिए । आफ्नो खेल कौशलका कारण त्यहाँ उनी सर्वश्रेष्ठ खेलाडीसमेत घोषित भइन् ।
सफलताको खुसीयालीमा उनले प्रशंसकहरूसँग तस्बिर पनि खिचाइन् भने त्यसपछि होटलको टप फ्लोरमा अवस्थित बारमा सेतो ड्रेसमा खिचिएको आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिन् ।