साप्ताहिक संवाददाता
मंसिर १७, २०७५
अमेरिकी इन्जिनियरहरूले बढ्दो प्रदूषणलाइ ध्यान दिँदै वायुको दूषित कण रोक्ने एयर फिल्टर तयार गरेका छन् । इन्जिनियरहरूले उक्त फिल्टरले श्वास फेर्दा शरीरभित्र जाने ९० प्रतिशत प्रदूषण रोक्ने दाबी गरेका छन् भने त्यसले बाहिरी ब्याक्टेरियासमेत रोक्ने बताइएको छ ।
यसलाई अक्सिजन नोज फिल्टर नाम दिएको छ । यसको एक प्याकेटमा १० बटा फिल्टर हुन्छन् जसलाई नेपाली १५ सय रुपैयाँ पर्ने जनाइएको छ । यसलाइ नाकभित्र सामान्य तरीकाले फिट गर्न सकिनेछ । यो फिल्टर फरक–फरक चारबटा आकारमा उपलब्ध छ ।
यो एउटा फिल्टर १२ घण्टासम्म प्रयोग गर्न सकिने बताइएको छ ।