साप्ताहिक संवाददाता
मंसिर १८, २०७५
चलचित्र ‘जानी नजानी’ को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा यसै चलचित्र मार्फत चलचित्र नगरीमा डेब्यू गर्दैछिन् ।
चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
बसन्त अधिकारीले चलचित्र निर्देशन गर्दैछन् । उनको यो डेब्यू निर्देशन हो । चलचित्र ‘जानी नजानी’ चैत १ गते रिलिज हुनेछ ।