साप्ताहिक संवाददाता
काठमाडौको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित नाटक ‘लिलामे माईलो’ मञ्चन भैरहेको छ । रिमेक ड्रामा बन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको छ ।
नाटक मगर समुदायको कथा वस्तुलाई गठान गरिएको छ । मंसिर १४ बाट सुरु भएको यो नाट पुस ७ गते सम्म नयाँ बानेश्वर थापागाउँ, सिडिओ टोलमा रहेको कुञ्ज थिएटरमा नाटक मञ्चन हुनेछ । नाटक हरेक दिन ४:३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लाग्ने छ ।
नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो फेमेलि ड्रामा हो । सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, संस्कृती, पर्ब, त्यहाँका मान्छेले जीवन यापनका लागि गर्ने संघर्ष र विभिन्न घटनाक्रमलाई नाटकमा उतारिएको छ ।
कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशक: प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण : राज थापा काउचाले गरेका हुन् । नाटमा सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), विरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संगीता थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।
नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता राजाराम गौतमले बताएका छन् । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशनको तयारी भैरहेको छ ।