साप्ताहिक संवाददाता
मंसिर २०, २०७५
विभिन्न कारणले चर्चामा आइरहने अभिनेत्रीमध्येकी एक हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । उनको व्यवहार र अभिव्यक्तिका विषयमा बेला–बेलामा विभिन्न टीकाटिप्पणी हुन्छन् ।
गत साता अभिनेत्री शाहको जन्मदिन थियो । उनले जन्मदिन नजिकका साथीभाइ एवं प्रेमीका साथ मनाइन् । साम्राज्ञीले यसपालिको जन्मदिन आफ्नो प्रेमीको घरमा मनाएको खबर पनि बाहिरिएको छ भने शाह जन्मदिनको अवसरमा साथीभाइ एवं आफ्ना प्रेमीसँग मदिराको नशामा लठ्ठिएको भिडियोसमेत बाहिरिएको छ ।
सार्वजनिक भिडियोमा साम्राज्ञी मदिरामा लट्ठिएकी मात्र नभएर मिड फिंगर अर्थात माझी औंला देखाउँदै अभद्र शैलीमा प्रस्तुत भएकी छिन् । यसरी मिड फिंगर देखाउनुलाई पछिल्लो पूस्ताका युुवायुवतीले फरक ढंगले बुझ्ने गरेका छन् ।