अभिनेत्री सन्नी लियोनीको व्यस्तता अझ बढ्दो छ । बलिउडमा काम गर्न थालिसकेपछि उनले पछाडि फर्किएर हेर्नुपरेको छैन । यी अभिनेत्रीलाई चलचित्र तथा विज्ञापनको कामले भ्याइनभ्याइजस्तै छ । यद्यपि त्यसबाहेक घरपरिवारमा पनि सकेसम्म समय दिने गरेको सन्नीले बताएकी छिन । सन्नीको परिवारमा उनी र श्रीमान्सँगै अन्य तीन बालबालिका छन् ।
हालै एक फिल्म म्यागजिनसँगको अन्तर्वार्तामा सन्नीले एउटा अचम्मको खुलासा गरेकी छिन् । उनले भनिन्, ‘बच्चाबच्चीसँगको क्वालिटीयुक्त समय बिताउन एकदमै मन लाग्छ, समय मिल्यो भने श्रीमान्सँग डेटिङ पनि गैहाल्छु ।’ सन्नीले श्रीमान् र आफ्नो फुर्सदमा घरबाट बाहिर निस्कने कुरासमेत बताएकी छिन् ।
उनीहरूको डेटिङ अलिकति अचम्म खालको हुँदो रहेछ । घरबाट कहाँ जाने ? कति घण्टा बाहिर समय बिताउने ? के–के गर्ने ? केही तयारी नगरिकनै उनीहरू कारमा निस्कन्छन् । सन्नीले भनेकी छिन्, ‘हाम्रो कामको योजना र धेरै सल्लाह तत्काल कारमै तय हुन्छ !’