साप्ताहिक संवाददाता
चिरागदीप इन्टरनेसनलको ब्यानरमा निर्मित चलचित्र रंगिला राजा आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । विश्वभरीका ४ हजारभन्दा बढी स्क्रिनमा प्रदर्शन हुने यो चलचित्रलाई पहलाज निहलानीले निर्माण गरेका हुन । चलचित्र रंगिला राजामा राजस्थानका दुई दाजुभाइको कथा समेटिएको छ ।
ती दाजुभाइ आ–आफ्नै जिन्दगीमा व्यस्त छन्, खुसी छन्, तर समयले सधै साथ दिँदैन । स्थिति यस्तो हुन्छ कि एक भाइ नराम्रोसँग दु:खमा फस्छन् । सोही क्रममा उनका साना भाइ अजयले उनको जिन्दगीलाई कसरी सही बाटोमा फर्काउने भन्ने कुरा पत्ता लगाउँछन् । पूर्ण पारिवारिक कथामा आधारित चलचित्र रंगिला राजाका अधिकांश भाग भारतमै छायांकन गरिएको हो ।
निर्देशक : सिकन्दर भारती
संगीत : ईश्वर कुमार
कलाकार : गोविन्दा, मिशिका चौरसिया, दिगंगना सूर्यवंशी, अनुपमा अग्निहोत्री, शक्ति कपूर, प्रेम चोपडा, गोविन्द नामदेव आदि ।